पोखरा २१ मा खानेपानी र सिंचाईलाई प्राथमिकता दिने लामिछानेको प्रतिवद्धता
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए ।
नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै लामिछानेले आफु संविधानमा लेखेको हक पूरा गर्न आएको बताए । ‘हिजो संविधान कार्यान्वयन हुन नदिने भएर गठबन्धन भएको हो । विगतमा यहाँबाट नेतृत्व गर्नेले चासो नदिएको कारण राम्रो बिकास हुन नसकेको म बिकास निर्माणका योजना लिएर आएको हुँ ।’ उनले भने ।
गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बने मात्र जनताको समस्या बुझेर बिकासको काम हुने उनले बताए । ३ तहमा नै गठबन्धन सरकार भए काम गर्न सजिलो हुने लामिछानेको भनाई थियो ।
‘चक्रपथ बनाउने मेरो पहिलो योजना हो । दम्सादी झोलुङ्गे पुल संरक्षण गर्न पहल गर्नेछु । यो पुल सबैको हो म निर्वाचित भए पनि नभए पनि बनाउन पहल गर्ने छु । किसानलाई सिचाइको व्यवस्था खानेपानीको व्यवस्था गर्ने छु । जनताको मालिक हैन सेवक हुँ । मलाई सेवक बनाउन तपाईंहरुको हात छ ।’ उनले भने
कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले एमालेमा निति विचार सिद्धान्त केही पनि नभएको कारण गठबन्धन भएको बताए । उनले विश्वप्रकाशले ईतिहासमा पनि धेरै काम गरेको भन्दै यस क्षेत्रको विकासको लागि विश्वको विकल्पन नभएको दावी गरे ।
नेपाली काँग्रेस प्रदेश महादिवेशन प्रतिनिधि रघु पराजुलीले यस क्षेत्रमा सिंचाइ र खानेपानीको समस्या रहेको स्मरण गराउँदै जनताका आधारभुत आवश्यकता पुरा गर्ने नेतालाई निर्वाचित गर्न आव्हान गरे ।
विकास निर्माणका सन्दर्भमा जनता एकजुट हुनुपर्ने भन्दै पराजुलीले दम्सादी क्षेत्र पोखराको कर्णाली जस्तो भएको बताए । उनले अहिले प्रतिगमनको बिरुद्ध गठबन्धन भएको बताए ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रचारप्रसार संयोक केशर निर्देशी स्थानीय युवराज आचार्य लगायतले यो क्षेत्र महानगरपालिका भित्रै रहे पनि अति बिकट रहेकोले यस क्षेत्रको विकासमा प्राथमिकता दिन उम्मेदवार र निर्वाचन अभियान टोलीलाई आग्रह गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस पोखरा २१ का सभापछि केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

